नियम
मूल्य वा रकम उल्लेख गर्नु पर्ने

(१) नियम ३ बमोजिम प्रतिस्पर्धी बोलकबोलमा भाग लिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले कति रकमको ऋणपत्र खरिद गर्न
चाहेको हो त्यसको मूल्य र रकम बोलकबोल फाराममा उल्लेख गर्नु पर्नेछ । त्यसरी रकम उल्लेख गर्दा एकसय रुपैयाँ अङ्कित मूल्यको आधारमा दशमलब पछाडि चार अङ्कसम्म उल्लेख गर्नु पर्नेछ ।
(२) नियम ३ बमोजिम अप्रतिस्पर्धी बोलकबोलमा भाग लिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले खरिद गर्न चाहेको ऋणपत्रको रकम बोलकबोल फाराममा उल्लेख गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम रकम उल्लेख गर्दा बोलकबोल फाराममा बोलकबोलदाताले न्यूनतम पच्चीस हजार रुपैयाँ वा सो रकमले निःशेष भाग जाने रकम उल्लेख गर्नु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा २ को खण्ड (ग) को उपखण्ड (५) बमोजिम तोकिएको ऋणपत्रको हकमा न्यूनतम रकम एकहजार रुपैयाँ बोलकबोल फाराममा उल्लेख गर्नु पर्नेछ ।
(५) यस नियम बमोजिम रकम वा मूल्य उल्लेख गर्दा अङ्क र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ ।